सिह्ना। साउदी अरेबियन सेनाको नेतृत्वमा केही दिनयता यमनको मारिब शहरमा लगातार बमबारी भएको छ। निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरूले जनाएका छन्। बमबारीको क्षतिबारे भने केही बताइएको छैन।
मारिब यमनका विद्रोहीको कब्जामा रहेको शहर हो। उक्त शहरमा नेतृत्व गरेको साउदी अरेबियाको सेनाले यसअघि हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीविरुद्ध कारबाही गर्दै आएको थियो।
तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीको कब्जामा छ। हुथीहरूको कारण समयसमयमा यहाँको सरकारले समेत सेना फिर्ता लिने गरेको छ। उनीहरूको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ। यमनमा विगतका कयौं वर्षदेखि विद्रोहीहरूले संघर्ष गर्ने गरेका छन्।
उनीहरूले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन्। केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कयौं मानिस मारिएका थिए।
Facebook Comment
Comment