च्याम्पियन्स लिग

बायर्नले जित्दा डर्टमण्डको लज्जास्पद हार

म्युनिखले बेन्फिकालाई ४-० गोल अन्तरले पराजित गर्दा डर्टमण्डले अजाक्ससँग सोही अन्तरको हार व्यहोर्यो।

नेपालभ्युज

बायर्नले जित्दा डर्टमण्डको लज्जास्पद हार

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले जित निकाल्दा अर्को क्लब बोरुसिया डर्टमण्डले भने लज्जास्पद हार व्यहोरेको छ।

म्युनिखले बेन्फिकालाई ४-० गोल अन्तरले पराजित गर्दा डर्टमण्डले अजाक्ससँग सोही अन्तरको हार व्यहोर्यो। म्युनिखले अवे म्याचमा शानदार जित निकाल्दा डर्टमण्ड पराजित हुन पुगेको हो।

बेन्फिकाको मैदानमा म्युनिखलाई जित दिलाउन खेलको लोरे सानेले २ गोल गरे भने रोबर्ट लेवान्डोस्कीले १ गोल गरे। म्युनिखले एक गोल उपहार पाएको थियो।

म्युनिखका लागि खेलको ७० औँ र ८४ औँ मिनेटमा सानेले गोल गर्दा ८२ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेका थिए। खेलको ८० औँ मिनेटमा म्युनिखले एभर्टन सोआरेसबाट उपहार गोल पाएको थियो।

जितसँगै म्युनिख ९ अंक जोड्दै समूह ई को शीर्ष स्थानमा रहेको छ। बेन्फिका ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यता अजाक्सलाई डर्टमण्डविरुद्ध घरेलु मैदानमा जित दिलाउनका लागि खेलको २५ औँ मिनेटमा दले ब्लाइन्ड, ५७ औँ मिनेटमा एन्टोनी र ७२ औँ मिनेटमा सेवास्टियन हलरले गोल गरे।

खेलको ११ औँ मिनेटमा मार्को रिउसले घरेलु टोलीलाई एक गोल उपहार दिएका थिए। हारसँगै डर्टमण्ड समूह सी मा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा ९ अंकसहित अजाक्स रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved