यी हुन् माओवादी केन्द्रको स्थायी समिति बैठकका निर्णयहरु

बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय २५ कार्तिकसम्म थप गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले २७ कार्तिकमा टोल सम्मेलन गर्ने भएको छ।

नेपालभ्युज

यी हुन् माओवादी केन्द्रको स्थायी समिति बैठकका निर्णयहरु
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको वडादेखि प्रदेशसम्मको सम्मेलनको मिति सार्वजनिक गरेको छ। मंगलबार (आज) बिहान बसेको स्थायी समिति बैठकले निर्णय गर्दै सम्मेलनको मिति सार्वजनिक गरेको हो।

बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय २५ कार्तिकसम्म थप गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले २७ कार्तिकमा टोल सम्मेलन गर्ने भएको छ।

यस्तै, ४ मंसिरमा वडा सम्मेलन, ११ मंसिरमा पालिका/नगरपालिका सम्मेलन तथा २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ।

स्थायी समिति बैठकले पार्टीको सल्लाहकार समिति १४९ सदस्यीय बनाउने निर्णय गरेको छ। सँगसँगै ९९ जना सदस्य रहनेगरी जेष्ठ नागरिक मञ्च पनि बनाउने भएको छ।

बैठकले निर्वाचन आयोगसँगै २५ सदस्यीय लेखा र अनुशासन आयोग बनाउने निर्णय गरेको छ। लेखा आयोगमा पेसल कुमार पोखरेल तथा अनुशासन आयोगमा टंक राई अध्यक्ष छानिएका छन्।

यस्तै, पार्टीले १७५ जना सदस्य रहनेगरी विशेष समिति पनि बनाउने भएको छ। बैठकले उक्त निर्णय पनि गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved