बराबरीमा सकियो पहिलो हाफ

नेपालभ्युज

बराबरीमा सकियो पहिलो हाफ
फाइल फोटो

काठमाडाैं। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल दक्षिण एसियाको पावर हाउस भारतसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टिमले गोल गर्न सकेनन्।

फाइनलमा सर्वाधिक सात पटकको विजेता भारतले सोचेअनुरुप नै आक्रामक खेल खेल्यो भने नेपालले भारतविरुद्ध डिफेन्सिभ रणनीति अपनायो।

पहिलो हाफमा भारी प्रहारका कारण खेलाडीलाई बल नियन्त्रण गर्न निकै गाह्रो देखियो।

लिग चरणको खेलमा भारतसँग नेपालले पूरै डिफेन्सिभ खेल खेलको थियो। तर चीर प्रतिद्धन्दी भारतसँगको हार जोगाउन सकेको थिएन।

फाइनल भिडन्तमा नेपालले पनि आक्रामक खेल खेलेपनि दबाब भने भारतको नै बढी थियो। भारतले लगातार गोलको मुभ बनाइरहँदा नेपालका डिफेन्डर र किप्पर किरण चेम्जोङले राम्रो बचावट गरिरहेका थिए।

चौथो मिनेटमा नै भारतको गोल गर्ने दुई प्रयासलाई नेपालका किप्पर किरण चेम्जोङले बिफल पारेका थिए।

२७ औँ मिनेटमा सुनिल क्षेत्रीको नजिकको प्रहारलाई नेपालका किप्पर किरणले बचाए।

यसपछि खेलको ४४ औँ मिनेटमा सुनिलले गोल गर्ने मौका खेर फाले।

नेपालले भने भारतको तुलनामा गोलको मौका खासै बनाउन सकेन भने काउन्टर आक्रमणमा मात्र गोलको लागि केही मुभ बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved