मुगु बस दुर्घटना अपडेट : निधन हुने अधिकांश विद्यार्थी

नेपालभ्युज

मुगु बस दुर्घटना अपडेट : निधन हुने अधिकांश विद्यार्थी
सांकेतिक तस्वीर

काठमाडौं। मंगलबार मुगुको छायाँनगर रारानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये २४ जनाको सनाखत भएको छ। बसमा अधिकांश विद्यार्थी र वन रक्षकको अन्तर्वार्ता दिन गएकाहरु भएको नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले बताइन्।

अहिलेसम्म सनाखत भएका मध्ये २ वर्ष र ५ वर्षका बालकसहित ३५ वर्षसम्म उमेर भएकाहरू छन्। जसमा अधिकांश १८ देखि २२ वर्षसम्म उमेर भएकाहरू रहेको प्रहरीलाई उद्धृत गर्दै उनले नेपालभ्यूजलाई बताइन्।

अहिलेसम्म भएको सनाखतअनुसार २३ जना मुगुकै स्थानीय र एक जना बाँकेका हुन्।

नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो २ बजे दुर्घटना भएको थियो। बसमा ४३ जना यात्रु सवार रहेकोमा ११ जनाको नेपालगञ्ज, कोहलपुर र सुर्खेतमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved