मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

नेपालभ्युज

मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु। मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ।

२२ जनाको घटनास्थलमै मृत्यु भएकोमा थप ६ जनाको उद्वारका क्रममा मृत्यु भएको छायाँनाथ रारा नगरपालिकाकी नगर उपप्रमुख सुन्तला रोकायाले नेपालभ्यूजलाई जानकारी दिइन्।

घाइते एक जनाको उद्वारका क्रममा बाटैमा, चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो। उद्वारपछि उपचारका लागि १२ जनालाई  नेपालगञ्ज र ४ जनालाई सुर्खेत पठाइएको छ। नेपालगञ्जमा उपचारका क्रममा थप एकको मृत्यु भएको नगर उपप्रमुख रोकायाले बताइन्।

घाइते अन्य ६ जनाको मुगुकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नेपालगन्जबाट मुगुतर्फ गईरहेको बस मुगु जिल्ला प्रवेश गर्ने क्रममा छायाँनाथ रारा नगरपालिका ७ मा पर्ने भीरबाट खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved