कतारमाथि पोर्चुगलको सहज जित

नेपालभ्युज

कतारमाथि पोर्चुगलको सहज जित

गएराति भएको मैत्रीपूर्ण खेलमा युरोपेली राष्ट्र पोर्चुगलले फिफा २०२२ आयोजक राष्ट्र कतारलाई ३-० गोलअन्तरले हराएको छ। घरेलु भूमिमा पोर्चुगललाई जित दिलाउन तीन जना खेलाडीले गोल गरे।

क्रिस्टियानो रोनाल्डले पहिलो हाफको ३७ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।  पहिलो हाफमा १-० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा २ गोल थप्यो। ४८ मिन्टमा जोसे फन्टले पोर्चुगलको अग्रता दोब्बर पारे। त्यस्तै आन्द्रे सिल्भाले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै ३-० को जित दिलाए।

कतारले यसअघि सेप्टेम्बर ४ मा पनि मैत्रीपूर्ण खेलमा पोर्चुगलसँग ३-१ गोल अन्तरले पराजय भोगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved