दक्षिण चीन सागरमा अमेरिकी पानी जहाजमाथि अज्ञात आक्रमण

फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान, भियतनाम लगायतका देशले दशकौँदेखि चिनियाँ दाबीलाई अस्वीकार गर्दै आएका हुन्। पछिल्ला केही वर्षदेखि भने यस क्षेत्रमा तनाव बढ्दै गएको छ। सीमा विवादका विषयमा अमेरिकाले यी देशहरुलाई समर्थन गर्दै आएको छ।

नेपालभ्युज

दक्षिण चीन सागरमा अमेरिकी पानी जहाजमाथि अज्ञात आक्रमण

एजेन्सी । दक्षिण चीन सागरमा ‘अज्ञात वस्तु’ सँग ठक्कर खाँदा परमाणु उर्जाबाट सञ्चालन हुने अमेरिकी पनडुब्बी जाहजमा क्षति पुगेको छ।

शनिबार अज्ञात वस्तुसँग ठोक्किँदा १५ वटा पानी जहाजमा समान्य क्षति पुगेको अमेरिकी अधिकारीले बताएका छन्। ताइवानको रक्षा क्षेत्रभित्र चिनियाँ हस्तक्षेप बढ्दै गर्दा उत्पन्न तनावबीच यस्तो घटना भएको हो।

यद्यपी, अमेरिकी अधिकारीले भने के कारणले जहाजमा क्षति पुग्यो भन्ने थाहा नभएको बताए। अमेरिकी नौसेनाका प्रवक्ताले दक्षिण चीन सागरमा समान्य क्षति पुगेका पानी जहाज हाल अमेरिकी सीमा क्षेत्र गुआमतर्फ जाँदै गरेको बताएका छन्।

‘परमाणु उर्जाबाट सञ्चालन हुने अमेरिकी पनडुब्बी जहाजमा खास क्षति भएको छैन’, नौसेनाका प्रवक्ताले आफ्नो विज्ञप्तिमा भनेका छन्। ‘सामान्य क्षति भए पनि त्यसको मूल्यांकन भने गरिँदै छ। हामीले मुख्यालयसँग सहायताका लागि आग्रह गरेका छैनौँ।’

अमेरिकी पानी जहाज विश्वकै एक तनावग्रस्त क्षेत्र दक्षिण चीन सागरमा परिचालित थिए। उक्त क्षेत्रको सम्पूर्ण भूभागलाई चीनले आफ्नो भएको दाबी गरे पनि त्यस आसपासका देश र अमेरिकाले चिनियाँ दाबीलाई अस्वीकार गर्दै आएका छन्।

फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान, भियतनाम लगायतका देशले दशकौँदेखि चिनियाँ दाबीलाई अस्वीकार गर्दै आएका हुन्। पछिल्ला केही वर्षदेखि भने यस क्षेत्रमा तनाव बढ्दै गएको छ। सीमा विवादका विषयमा अमेरिकाले यी देशहरुलाई समर्थन गर्दै आएको छ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच अकस सुरक्षा सम्झौता भएको केही हप्तामा नै यो घटना भएको छ। उक्त सम्झौताको मुख्य उद्देश्य नै चीन लक्षित रहेको बताइन्छ। अकस सम्झौता अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई परमाणु उर्जाले सञ्चालन हुने पनडुब्बी जहाज निर्माणमा सहयोग गर्ने छ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाकार, जेक सुलिवानले ताइवान क्षेत्रमा बढ्दै गएको चिनियाँ गतिविधिलाई अमेरिकाले ‘गहिरो चासो’ का साथ हेरेको बताएका छन्। पछिल्ला चार दिनदेखि ताइवानको हवाई क्षेत्रमा चिनियाँ सैन्य विमानले गस्ती गर्दै आएपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लकार सुलिवानले यस्तो प्रतिक्रिया दिएका हुन्।

आवश्यक परेको अवस्थामा अमेरिकाले ताइवानलाई सैन्य सहयोग गर्छ कि गर्दैन भनि सोधिएको प्रश्नमा सुलिवानले भने, ‘‘म यहाँ के उल्लेख गर्न चाहन्छु भने, त्यो दिन नआओस् भन्नका लागि नै हामीले अहिले केही कदम चाल्दैछौँ।’’

बुधबार ताइवानका रक्षामन्त्रीले आगामी २०२५ सम्म चीन ताइवानमा हमला गर्न तयारी अवस्थामा पुग्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved