नेपाल र यादवले बुझाएनन् मन्त्रीको नाम

नाम बुझाउन नसकेपछि बालुवाटारबाट फर्किएका यादव सिँहदरवारमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेतासँग छलफल गर्दैछन् भने नेपाल पनि आन्तरिक छलफलमा जुटेका छन्।

नेपालभ्युज

नेपाल र यादवले बुझाएनन् मन्त्रीको नाम

काठमाडौँ। मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरूको नाम बुझाउन सकेनन्।

पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि यादव र नेपालले नाम दिन नसकेका हुन्। बालुवाटारमा दुुई बजे पुगेका सतारुढ दलका शीर्ष नेताहरू एकछिन मात्रै छलफल गरेर पुन सिंहदरवार फर्किएका छन्। माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ। माओवादीले देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने भएको छ भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

मन्त्रीको नाम बुझाउन नसकेपछि बालुवाटारबाट फर्किएका यादव सिँहदरवारमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेतासँग छलफल गर्दैछन् भने नेपाल पनि आन्तरिक छलफलमा जुटेका छन्।

बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) का अध्यक्ष नेपाल र जसपा नेपालका अध्यक्ष यादव सहभागी थिए।

जसपा र नेकपा ‘एस’ले मन्त्रीको नाम बुझाए आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved