स्रोत नखुलेको ११ लाख भारुसहित इलामबाट एक जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको ११ लाख भारुसहित इलामबाट एक जना पक्राउ

इलाम। स्रोत नखुलेको भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ।

विशेष सूचनाका आधारमा अग्रवाललाई दुई हजार, ५००, २०० र १०० दरका भारु नोट झोलामा बोकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ।

मे१च ६४२४ नम्बरको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएका अनुमान प्रहरीले गरेको छ। सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ।

स्थानीयबासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो। तर, स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved