राजकुमार लेखीसहित ५५ जना एमाले प्रवेश

नेपाल भ्यूज

राजकुमार लेखीसहित ५५ जना एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन्।

लेखीले गत बिहीबार बिहान आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै अब नयाँ राजनीति गर्न लागेको पनि उल्लेख गरेका थिए। सप्तरीका लेखी थारू कल्याणकारणी महासभाका पूर्वअध्यक्षसमेत हुन्।

लेखीलाई एमाले महासचिव ईश्वर पोखरेलले माला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। त्यसैगरी कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पोलिटब्यूरो सदस्य अमर धमलासँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका ५५ जना कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्।

‘एक मधेस एक प्रदेश’ विरुद्ध नारा लगाएका लेखी मधेश आन्दोलनताका चर्चित व्यक्ति थिए। त्यतिबेला उनलाई मधेशी दलका नेताहरूले मधेश आन्दोलनको विरोधी भएको समेत आरोप लगाएका थिए।

मधेशी नेताहरूको खुलेर विरोध गर्ने उनले काठमाडौंमा थारू समुदायलाई भेला गरेर ‘एक मधेश एक प्रदेश’ मा जान नहुने बताएका थिए। नेकपा एमालेको राजनीतिबाट आएका लेखी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव पनि भएका थिए। साथै उनी लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved