साफ च्याम्पियनसिप

२२ वर्षपछिको जितसँगै शुरुवात, अलमुताइरी भन्छन्–‘संयमित हुन जरुरी छ’

‘‘अहिले हामीले उपाधि जितिसकेका छैनौँ । संयमित हुन जरुरी छ ।” उनले आफूहरुको ध्यान अब अर्को खेलमा हुने प्रष्ट पारे। उनले भने, ‘‘नेपालमा रहनु भएका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु ।”

नेपाल भ्युज

२२ वर्षपछिको जितसँगै शुरुवात, अलमुताइरी भन्छन्–‘संयमित हुन जरुरी छ’

काठमाडौं। माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा घरेलु टिमलाई पन्छाउँदै विजयी शुरुआत गरेको छ।

माल्दिभ्समाथि २२ वर्षपछि नेपालले उसैको घरेलु मैदानमा १-० गोल अन्तरको जित निकालेपछि अहिले नेपाली टिमको प्रशंसा भइरहेको छ। नेपाली टिमका प्रमुख प्रशिक्षक अबदुल्ला अलमुताइरीले प्रतियोगिताका लागि प्रशिक्षणका दौरान आफूहरुले साफ जित्नुपर्ने र जित्ने बताउँदै आएका थिए।

पहिलो खेलमा आयोजक तथा साविकको विजेतामाथि जित निकालेसँगै प्रशिक्षको भनाइ कार्यान्वयनतर्फ गइरहेको भन्दै सामाजिक सञ्जालमा नेपाली टोलीले प्रशंसा बटुलिरहेको छ। तर प्रशिक्षक अलमुताइरी भने संयमताको जरुरत देख्छन्।

अलमुताइरीले हिजोको खेलपछिको पोस्ट म्याच कन्फरेन्समा भने, ‘‘अहिले हामीले उपाधि जितिसकेका छैनौँ । संयमित हुन जरुरी छ ।” उनले आफूहरुको ध्यान अब अर्को खेलमा हुने प्रष्ट पारे। उनले भने, ‘‘नेपालमा रहनु भएका सबैलाई पनि शान्त रहन आग्रह गर्दछु ।”

माल्दिभ्ससँगको खेलको हिरो मनिष डाँगी भएको भन्दै उनले खेलको विषयमा भने, ‘‘हामी जितका लागि हकदार थियौँ । हामीले राम्रो खेल खेल्यौँ । उनीहरुले केही मौका गुमाए र हामीले पनि केही मौका गुमाएका थियौँ ।”

२२ वर्षपछि जित निकाल्नेक्रममा टोलीका लागि गोल गरेका डाँगीले खेलपछि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद दिए। सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई हराएपछि नेपालले उसलाई जित्न सकेको थिएन।

८० औँ मिनेटमा मैदान छिरेका डाँगीले आफूलाई विश्वास गरेर मैदान पठाएकोमा प्रशिक्षक अलमुताइरीलाई धन्यवाद दिए। प्रशिक्षकले ‘तिमिले गोल गर्छौ’ भन्दै मैदानमा पठाएको स्मरण गर्दै मनिषले भने, ‘‘टिमले सपोर्ट गरिरहनुभएको थियो । प्रशिक्षकको निर्देशनमा हामी गइरहेका थियौँ । लक्कीले बल मेरो खुट्टामा आयो र गोल पनि भयो ।”

खेलपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत जित बिर्सेर फेरि अर्को खेलको लागि फोकस हुने बताए। उनले माल्दिभ्समाथिको जित खेलको एक दिनअघि निधन भएका आफ्नो ‘अंकल’लाई समर्पण गरे।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved