साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने

प्रत्यक्ष प्रशारण अधिकारका लागि एन्फामा कुनै पनि च्यानलले आवेदन नदिएपछि प्रशारण नहुने भएको हो।

नेपाल भ्युज

साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने

काठमाडौं। माल्दिभ्समा आजदेखि शुरु हुने साफ च्याम्पियनसिपका खेलहरु नेपाली च्यानलमा हेर्न नपाइने भएको छ। साफ च्याम्पियनसिपका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशार नहुने भएको हो।

अखिल नेपाल फुटबल संघ, एन्फाले नेपालमा साफको प्रत्यक्ष प्रशारण प्रष्ट पारेको छ। प्रत्यक्ष प्रशारण अधिकारका लागि एन्फामा कुनै पनि च्यानलले आवेदन नदिएपछि प्रशारण नहुने भएको हो।

गत २४ सेप्टेम्बरमा एन्फाले ब्रोडकास्टिङ राइट्सका लागि बिड आह्वान गरेकोमा कुनै पनि संस्थाले आवेदन नदिएकाले प्रशारण नहुने भएको हो।

प्रत्यक्ष प्रशारण अधिकार प्राप्तिका लागि एन्फाले न्यूनतम बिड मूल्य ४० लाख रुपैयाँ राखेको थियो। जसमा कुनै पनि आवेदन नपरेको एन्फाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved