बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण

आज बिहान विराटनगरका लागि उडेको विमानको दायाँतर्फको पांग्रा नखुलेर अवतरण गर्न नसकिएपछि जहाज पुनः काठमाडौँ फर्किएको थियो।

नेपालभ्युज

बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण

काठमाडौं। ‘ल्याण्डिङ गेयर’मा समस्या आएपछि आकाशमै होल्ड भएको बुद्ध एयरको जहाज काठमाडौँ विमानस्थलमा सकुशल ल्याण्ड भएको छ।

काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गेयरमा समस्या आएपछि विमान २ घण्टा आकाशमै होल्ड भएको थियो। समस्या समाधानपछि विमान काठमाडौँमा सकुशल ल्याण्ड भएको त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिङ्जी शेर्पाले जानकारी दिए।

No description available.

‘‘आपतकालीन ल्याण्ड गर्नुपरेन,’’ उनले भने, ‘‘समस्या समाधानपछि विमान सकुशल सामान्य अवतरण गरिएको छ।’’

आज बिहान विराटनगरका लागि उडेको विमानको दायाँतर्फको पांग्रा नखुलेर अवतरण गर्न नसकिएपछि जहाज पुनः काठमाडौँ फर्किएको थियो। काठमाडौं फर्किएर प्राविधिक समस्या समाधानका क्रममा जहाज करीब २ घण्टा आकाशमै होल्ड भएको थियो।

No description available.

प्राविधिक समस्या देखिएपछि अवतरणका क्रममा आधा दर्जन दमकल, एम्बुलेन्स र उद्वारकर्मीलाई विमानस्थलले तयारी अवस्थामा राखेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved