मन्त्रिपरिषद् बैठक बस्दै

दलससम्बन्धी अध्यादेशमा छलफल हुने

नेपालभ्युज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन्। आज दिउँसो ४ बजे सिँहदरबारमा बैठक बस्न लागेको हो।

आइतबारको सत्ता गठबन्धनको बैठकले अध्यादेश फिर्ता लिने विषयमा छलफल गरेको थियो। गठबन्धनको उक्त बैठकपछि मन्त्रिपिरषद् बैठक बस्न लागेको हो।

बैठकको मूल एजेण्डा अध्यादेश फिर्ता लिने विषयमा भएपनि मन्त्रिपरिषद्ले उक्त अध्यादेश फिर्ता लिन्छ वा लिँदैन भन्ने चाहिँ अहिलेसम्म यकिन भइसकेको छैन। प्रधानन्त्री देउवाले आइतवारको गठबन्धन बैठकमा कानुनी पक्रिया पुर्याएर मात्रे फिर्ता लिने र त्यसका लागि आफूले छलफल गरिरहेको बताएका थिए ।

अध्यादेश निश्क्रिय भए मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने गठबन्धनका नेताहरुले बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved