कांग्रेस १४ औँ महाधिवेशन

रुपन्देहीमा तल्लो तहसम्मै देउवा र पौडेल समूहकाे उम्मेदवारी 

रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा देउवा र पौडेल समूहले आ-आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्। रुपन्देहीका धेरै जनसंख्या भएका बुटवल उपमहानगर तथा तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई पक्षले नै उम्मेदवारी दर्ता, भेला, बैठक र चुनावी प्रचार गरिरहेका छन् ।

रुपन्देहीमा तल्लो तहसम्मै देउवा र पौडेल समूहकाे उम्मेदवारी 

बुटवल। सत्तारुढ दल नेपाली कांग्रेसकाे आज हुने गइरहेकाे गाउँ/नगर अधिवेशनका लागि रुपन्देहीमा सभापित शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले समूह बनाएर उम्मेदवारी दिएका छन्।

कांग्रेसभित्र केन्द्रमा देखिएको सभापति देउवा र पौडेलको गुट स्थानीय तहसम्मै देखिएको छ। रुपन्देहीमा सबैजसो स्थानीय तहमा देउवा र पौडेल समूह आफ्नाे आफ्नाे प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकाे छ।

रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा देउवा र पौडेल समूहले आ-आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्। रुपन्देहीका धेरै जनसंख्या भएका बुटवल उपमहानगर तथा तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुई पक्षले नै उम्मेदवारी दर्ता, भेला, बैठक र चुनावी प्रचार गरिरहेका छन् ।

बुटवल उपमहानगरपालिमा दुवै समूहले आफू बलियो रहेको दाबी गर्दै अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएको नगर छ। यहाँ पौडेल पक्षबाट यसअघिका सभापति खेलराज पाण्डे नै पुन: सभापतिका उम्मेदवार छन् । उनीविरुद्ध देउवा समूहबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छन्।

पाण्डे प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छायाँ पोखरेल र गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन्।

यसैगरी केसी प्यानलबाट उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्। उपमहानगरका १९ वडाबाट ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।

सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूहबाट नगर सभापतिमा कृष्णप्रसाद पोख्रेलले उम्मेदवारी दिएका छन्। तर, यहाँ पौडेल पक्षबाट उम्मेदवारी परेन । बरु देउवा पक्षका भरत शाहनिकट मानिएका रणबहादुर खनाल पोख्रेलविरुद्ध सभापतिका लागि प्रतिस्पर्धा गर्दैछन्।

अरु पदाधिकारीका लागि पोखरेलको नेतृत्वमा उपसभापति नीलप्रसाद थापा र मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल र सुभाष पौडेल, सहसचिव श्यामप्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टिम घोषणा भएको छ। खनालको नेतृत्वमा उपसभापतिमा लोकमणि भट्टराई र लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुणामणि घिमिरे र अर्जुन पौडेल, सहसचिव मनु काउचा र शारदा रौतारले प्रचार शुरु गरिसकेका छन् ।

सैनामैनामा ११ वटा वडाका २ हजार ४४४ जना क्रियाशील सदस्य छन्। पहिलो चरणमा सम्पन्न महाधिवेशनबाट २ सय ३८ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।

कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो, तिलोत्तमा। नगरपालिकामा दुई पक्षबीच चुनावी भिडन्त हुँदै छ । नगर समितिमा देउवा समूहबाट हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिव प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ।

पौडेल समूहबाट नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।  न्यौपानेको प्यानलमा उपसभापति अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय रहेका छन्। तिलोत्तमा नगरमा १७ वटा वडाबाट ३९२ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।

पौडेल र देउवा पक्षबीच बलियो प्रतिस्पर्धा हुने देखिएको अर्को नगरपालिका हो, सिद्धार्थनगर । यहाँ देउवा ‘लाइन’बाट सभापतिमा कोशिस खड्का र पौडेल लाइनबाट सभापतिका उम्मेदवार संजीव रेग्मीको समूह प्रतिस्पर्धाका लागि खडा भएका छन्। सिद्धार्थनगरमा १३ वडाबाट २४० क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।

देवदह नगरपालिकामा पनि सभापति पदमा दुई पक्ष मुखरित भएर आएका छन् । देउवा पक्षबाट सभापति गुणाखर भुर्तेल र पौडेल पक्षबाट झविन्द्रप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। तर, अरु पदमा भने गुटगत नभई व्यक्तिगत रुपमा उम्मेदवारी परेको छ । देवदहमा १२ वडाबाट करीब १८० जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।

भरत शाहको निर्वाचन क्षेत्रमा समेटिने लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने सर्वसहमतिको प्रयास हुने भएको छ । सहमित भएमा अहिलेका सभापति मोहम्मद सईत खाँ नै सभापतिमा दोहोरिने छन्। रुपन्देहीमा नेपाली कांग्रेसले धेरै मतान्तरले जितेको क्षेत्र भएकाले यहाँ शाहको प्रभाव बढी रहेको र धेरै वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved