नेपाली पुरुष टिमले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

साफ च्याम्पियनसिपको तयारीका लागि नै नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको एनफाले जनाएको छ। यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपालभ्युज

नेपाली पुरुष टिमले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल फोटो

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र ओमानको टिमबीच मैत्रीपूर्ण खेल हुने भएकोछ। कतारमा नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो।

साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाली टिमले आगामी आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ।

साफ च्याम्पियनसिपको तयारीका लागि नै नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको एनफाले जनाएको छ। यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (१५ असोजदेखि ३०) गतेसम्म आयोजना हुनेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि १६ अक्टोबर (३० असोज)मा प्रतिस्पर्धा गर्नेछन्। नेपालले १ अक्टोबर (१५ असोज)मा माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved