पूर्वमन्त्री साह भन्छन् – संविधान पुनर्लेखन गरौं

नेपालभ्युज

पूर्वमन्त्री साह भन्छन् – संविधान पुनर्लेखन गरौं
फाइल तस्वीर

काठमाडौं। पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन्।

आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिँदै पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटिहरूको कारण देशमा राजनीतिक संकट गहिरिँदै गएको बताएका छन्।

लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवम् समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको मागअनुरूप संविधानको पुनर्लेखन गरी देशलाई सही दिशा निर्देश गर्नुपर्ने पूर्वमन्त्री साहको तर्क छ।

संविधानमा रहेका कयौँ व्यवस्था जस्तै नेपालजस्तो सानो मुलुकमा ७६१ वटा सरकार, संघीय मुलुकमा अनावश्यक तीन तह, शासक जातिलाई आरक्षण, अनावश्यक दर्जनौं संवैधानिक आयोग, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँट, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वाभाविक गलत प्रावधानहरूले गर्दा आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको उनको भनाइ छ। संविधानमा रहेका यी त्रुटिहरूलाई सच्याएको खण्डमा मात्र संविधान दिवस मनाउनुको औचित्य सावित हुने उनले बताए।

“मुलुकमा राजनीतिक संकट गहिरिँदै गएको सन्दर्भमा वर्तमान संवैधानिक व्यवस्थाहरूको पुनरावलोकन जरुरी छ। दुनियाँमा कहीँ नभएको गलत प्रावधानहरू नेपालको संविधानमा षडयन्त्रपूर्ण ढंगबाट जबरजस्ती समाविष्ट गराएकैं कारण आजको जटिल अवस्था सिर्जना भएको हो। नेपालजस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकतासम्बन्धी गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँट गर्ने, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणालीजस्ता अस्वाभाविक गलत प्रावधानहरूले गर्दा नै आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको छ।’ पूर्वमन्त्री साहले लेखेका छन्।

संविधानमा रहेका यी गम्भीर त्रुटिहरू नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य रहँदैन। तसर्थ, संविधान कार्यान्वयनको ७ वर्षको अनुभवका आधारमा लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवम् समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको मागअनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सही दिशा निर्देश गरौं।’ उनले थप लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved