…अनि करिश्माले लेखिन्, ‘धन्यवाद केपी बुवा’

ओलीसँग सम्बन्धित कुराहरु लेख्न परे एमालेका कार्यकर्ता तथा अधिकांश नेताले प्रयोग गर्ने ‘केपी बा’ शब्द अहिले सामाजिक सञ्जालमा निक्कै देखिन्छ।

नेपालभ्युज

…अनि करिश्माले लेखिन्, ‘धन्यवाद केपी बुवा’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनका पार्टीका अधिकांश नेता तथा कार्यकर्ताले ‘केपी बा’ भन्ने गरेका छन्। ओलीले पनि आफूलाई बा भन्नेहरुको अभिभावकले जस्तै गरी ख्याल राख्ने गरेको कार्यकर्ताहरुबाट सुनिँदै आएको हो।

ओलीसँग सम्बन्धित कुराहरु लेख्न परे एमालेका कार्यकर्ता तथा अधिकांश नेताले प्रयोग गर्ने ‘केपी बा’ शब्द अहिले सामाजिक सञ्जालमा निक्कै देखिन्छ। एमाले र ओलीसँग सम्बन्धित व्यक्तिले प्रयोग गर्दै आएको उक्त शब्द एक अभिनेतृको सामाजिक सञ्जालमा पनि देखियो।

शुक्रबार साँझ अभिनेतृ करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जाल खातामा एउटा स्टाटससँगै लेखिन्, ‘धन्यवाद केपी बुवा’। उनले आफू जस्तो सामान्य कलाकारलाई देशको प्रतिष्ठित व्यक्तिले सम्झिएको भन्दै उत्तः शब्द लेखेकी थिइन्।

खासमा शुक्रबार करिश्मालाई केपी शर्मा ओलीले फोन गरेका र हालखबर सोधका कारण उनले फेसबुक पोस्टमार्फत ओलीलाई धन्यवाद दिएकी हुन्। ओलीसँग फोनमा कुरा गर्दा घरमुलीले छोराछोरीलाई बोलाएजस्तो सुनिएको करिश्माले लेखेकी छन्।

करिश्मा लेख्छिन्,
फोन आउदा मेरो मोबाइल स्क्रीनमा KP Sharma Oli भन्ने आयो, म छक्क परेँ !!
मजाक हो कि भन्ने पनि लाग्यो। तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो।
करिश्मा परिक्षा कस्तो भइरहेको छ ?
हजुर ठीक छ सर !!
तपाईं केपी ओलि?
अँ हो, विश्वास लागेन?
लागेन सर !!
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो, यो हाम्रो केपी जी हो ।
आधुनिकता को यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो
मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा।

एमाले अध्यक्ष ओली बेलाबेला यस्तै कल गरिरहेका हुन्छन्। उनी प्रधानमन्त्री रहेकै समयमा पनि एक युट्युबरलाई उनले बनाएको व्यवसायिक कृषि सम्बन्धी रिपोर्ट हेरेको र राम्रो लागेको प्रतिक्रिया दिएर फोन गरेको विषयले चर्चा कमाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved