नेपालले अमेरिकालाई दियो १ सय ७५ रनको लक्ष्य

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक बनाए ।

नेपालभ्युज

नेपालले अमेरिकालाई दियो १ सय ७५ रनको लक्ष्य
काठमाडौं। आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले अमेरिकालाई एक सय ७५ रनको लक्ष्य दिएको छ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनायो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक बनाए । ज्ञानेन्द्र मल्ल एक सय पाँच बलमा ५५ रन बनाएर आउट भए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए।
बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवाल्करले चार विकेट लिए । त्यस्तै किले फिलिपले तीन विकेट लिए।
लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved