रोनाल्डोको डेब्यू खेलमै २ गोल, टोटनहामको लज्जास्पद हार

नेपालभ्युज

रोनाल्डोको डेब्यू खेलमै २ गोल, टोटनहामको लज्जास्पद हार

काठमाडौं । म्यानचेस्टर युनाइटेड (म्यानु)बाट दोस्रो पटक डेब्यू गरेकै खेलमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्न सफल भएका छन्।

जारी इङ्लिस प्रिमियर लिगको न्यु क्यासलसँगको खेलमा म्यानुले ४-१ को जित निकाल्न सफल भयो। रोनाल्डोले खेलको पहिलो हाफपछि थपिएको समयमा पहिलो गोल गरे।

म्यानुका लागि दोस्रो गोल पनि उनैले गरे। पहिलो हाफमा १-० को अग्रता लिएको म्यानुका लागि रोनाल्डोले ६२ मिनेटमा थप एक गोल गर्दै बलियो अवस्थामा पुर्‍याए। यसअघि ५६ मिनेटमा एक गोल खाँदा म्यानु बराबरीको स्थितिमा थियो।

फेरि अर्का पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजको ८२ मिनेटको गोलले म्यानु ३-१ को बलियो स्थितमा पुग्यो। जिसे लिङगार्डलेले निर्धारित समय सकिएको खेलको अतिरिक्त समयमा गोल थप्दै म्यानुलाई ४-१ को जित दिलाए।

जारी लिगमा चार खेल खेलेको म्यानु यो जितपछि लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले १० अंक बनाएको छ।

त्यस्तै क्रिस्टल प्यालेससँग टोटनहामले लज्जास्पद ३-० को हार बेहोरेको छ। ५८ मिनेटमा रातो कार्ड पाएर १० खेलाडीमा सीमित टोटनहामलाई हराउन विफ्रिड जाहाले ७६ मिनेटमा पेनाल्डीमार्फत पहिलो गोल गरे भने ओडोसेन इडुआर्डले ८४ र ९०+२ मिनेटमा दुई गोल थपे।

त्यस्तै आजै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई संघर्षपूर्ण १-० गोलअन्तले हराएको छ। सिटीका लागि बर्नान्डो सिल्भाले ६२ मिनेटमा निर्णायक गोल गरे। सिटी लिगमा चार खेपछि दोस्रो स्थानमा उक्लिएको छ। उसले अहिलेसम्म १ खेल गुमाएको छ।

आजै भएको खेलमा आर्सनले जारी लिगमा पहिलो जित निकालेको छ। आर्सनले नर्विच सिटीलाई १-० ले हराउन सफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved