सभामुखले संसद् प्रक्रिया अघि बढाए, एमालेको अवरोध जारी

नेपालभ्युज

सभामुखले संसद् प्रक्रिया अघि बढाए, एमालेको अवरोध जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले‍ संसद्को आजको बैठक अवरुद्ध पारे पनि सभामुख अग्नि सापकोटाले प्रक्रिया बढाएका छन्।

आज दिउँसो १ बजे बसेको बैठक एमालले सभामुखविरुद्ध नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। एमालेको अवरोधबीच नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीविरुद्ध सरकारको धरपकड भएको भन्दै यसको विरोध गरे।

सरकारले कुनै पनि हालतमा एमसीसी पास गर्न लागेको भन्दै नेकपा एमालेले कांग्रेसको ललिपपमा फस्न नहुने बताए। प्रमुख प्रतिपक्षीको मागलाई सम्बोधन गरी सदन अघि बढाउन उनले सभामुखसमक्ष आग्रह गरे।

सांसद सुवालले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने वातावरण बनाई पाऊँ भनेका थिए। तर सभामुखले गलत अर्थ लगाएका सुवालले बताए। त्यसलगत्तै अर्थमन्त्री जनार्दन शर्मालाई अध्यादेश स्वीकृत गर्न सभामुखले समय दिएका थिए। समय दिएसँगै अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश टेबल गराएका थिए।

तर सभामुखले संसद् बैठक कार्यसूचीमा प्रवेश गराए पनि प्रतिपक्षी एमालेले भने निरन्तर नाराबाजी जारी राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved