बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

एमसीसी उपाध्यक्षको नेपाल आगमन र मन्त्रिपरिषद् विस्तारबारे छलफल

नेपालभ्युज

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा (एस) एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी भएका हुन्। मन्त्रिपरिषद् विस्तार र एमसीसी उपाध्यक्षको नेपाल आगमनको विषमा बैठक केन्द्रित हुनेछ।

आज बिहान एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आइपुगेकी छन्। नेपाल आएलगत्तै उनले विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाट तीव्र बनाएकी छन्। यस क्रममा उनले आज दिउँसो २ बजे उनकै निवास भक्तपुरको बालकोटमा भेटवार्ता गरेकी छनन्।

प्रचण्डको भेटघाट पनि तीव्र

नेकपा माओवादी अध्यक्ष प्रचण्डले पनि सरकार विस्तारबारे सत्तारुढ दलका विभिन्न नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन्। उनले आज बिहान जसपाका अध्यक्ष यादव र दिउँसो नेकपा (एस)का अध्यक्ष नेपालसँग छलफल गरेका थिए।

सत्ता गठबन्धनमा एमसीसीलाई लिएर फरक फरक धारणा सार्वजनिक भइरहँदा र मन्त्रिपरिषद् विस्तारमा सतारुढ दलबीच भागबण्डालगायत विषयमा कुरा मिल्न सकेको छैन। यसलाई सुल्झाउन पनि प्रचण्ड सत्ता गठबन्धनकै नेताहरूसँग अलग अलग छलफलमा जुटेका थिए।

बुधबार मात्रै प्रचण्डले एमसीसीका कारण सतागठबन्धन भत्किने खतरा रहेको भन्दै अहिले अनावश्यक रूपमा एमसीसीको मुद्दा ल्याइएको आरोप लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved