नेपाल-बंगलादेश मैत्रीपूर्ण महिला फुटबल

प्रशिक्षक फिलिप्स भन्छन्, ‘मसँग मजबुत २३ खेलाडी छन्, राम्रो प्रदर्शन गर्छाैँ’

खेलअघि बुधबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताए ।

नेपालभ्युज

प्रशिक्षक फिलिप्स भन्छन्, ‘मसँग मजबुत २३ खेलाडी छन्, राम्रो प्रदर्शन गर्छाैँ’

काठमाडौ‌। नेपाली महिला फुटबल टिमले दशरथ रंगशालमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेलअघि बुधबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताए । मैत्रीपूर्ण खेल एएफसी छनोटका लागि ठूलो मौका भएको उनले बताए ।

नेपाली टिमकी नियमित सदस्य तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पूर्णरुपमा खेलका लागि तयार नभएकाले मैत्रीपूर्णमा नतिजा निकाल्न कठिन हुने प्रशिक्षक ग्यारीले बताए । उनले सावित्रा टिममा नभएपनि आफूसँग मजबुत २३ सदस्यीय टिम रहेको र सबैले राम्रोे प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्री म्याच कन्फ्रेन्समा बंगलादेशका प्रशिक्षक गोलम रोब्बनी छोटोनले नेपाल एउटा ठूलो प्रतिस्पर्धी रहेको र प्रतिस्पर्धात्मक खेल हुने बताए । बंगलादेशको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको बताउँदै नेपाललाई चुनौती दिन आफूहरु तयार भएको उनले बताए ।

त्यस्तै, बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँगको खेल एएफसी क्वालिफायर्सको लागि राम्रो तयारी हुने बताइन् । नेपाल र बंगलादेशबीच २४ र २७ भदौमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved