दोहोरो रातो कार्ड खाएपछि पोर्चुगलसँग हार्‍यो कतार

नेपालभ्युज

दोहोरो रातो कार्ड खाएपछि पोर्चुगलसँग हार्‍यो कतार

दोहोरो रातो कार्ड पाएको कतार पोर्चुगलसँग ३-१ गोलअन्तरले पराजित भएको छ।

हंगेरीको नागिरेडी स्टेडियममा गएराति भएको मैत्रीपूर्ण खेलमा कतार पहिलो हाफको ४३ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो।

पोर्चुगलका आन्द्रे सिल्भाले खेलको २३ औं मिनेटमा पहिलो गोल गरेका थिए। सानो डि बक्सको नजिकैबाट शक्तिशाली हेडमार्फत गोल गरेका थिए।

पहिलो हाफको शुरुतिर पोर्चुगललाई निकै समय दबाबमा राखे पनि कतारले पहिलो गोल खाएको एक मिनेट नबित्दै दोस्रो गोल खान पुग्यो। २४ मिनेटमा मोन्टिरो सिल्भाले पनि हेडरमार्फत गोल गरे।

वान भर्सेस वानको स्थितिमा गोन्जालो गुइडेसलाई लडाएपछि रेफ्रीले कतारका गोलरक्षक मिसाल बर्समलाई भीआर हेरेर रातो कार्ड दिएका थिए। पहिलो हाफमा रातो कार्ड खाएको कतार त्यसपछि दबाबमा परेको थियो।

तर अब्देल करिमले ६१ मिनेटमा गोल गर्दै टोलीलाई लयमा फर्काउने प्रयास गरे पनि कतारले ८८ मिनेटमा थप एक रातो कार्ड खान पुग्यो। बउलेम खोउकीले हेडमार्फत गोल गरेका थिए।

तर ८८ मिनेटमा मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै अतिरिक्त खेलाडी ब्रुनो फर्नाण्डेजले गोल गरेपछि पोर्चुगल ३-१ ले विजयी भयो।

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्र हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved