देउवा र नेपालसँग प्रचण्डको छुट्टाछुट्टै भेट

नेपालभ्युज

देउवा र नेपालसँग प्रचण्डको छुट्टाछुट्टै भेट
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन्।

प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री देउवासँग बालुवाटारमा र अध्यक्ष नेपालसँग सिंहदरबारमा छुट्टाछुट्टै भेट गरेका हन्। सरकारलाई पूर्णता दिने र साझा रणनीति बनाउने विषयमा छलफल गर्नका लागि छुट्टाछुट्टै भेटेको बताइएको छ।

नेपालको नेतृत्वमा नेकपा एमाले फुटेर नयाँ दल एकीकृत समाजवादी बनेपछि सरकारले पूर्णता पाउने भनिए पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। देउवा नेतृत्वमा सरकार बनेको दोस्रो महिना सकिनै लाग्दासमेत सरकारले पूर्णता नपाएपछि सत्तारुढ गठबन्धनमाथि प्रश्न समेत उठ्न थालेका छन्।

विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त सरकारलाई समेत पूर्णता दिन नसक्ने अग्रगामी सरकार भन्दै व्यङ्ग्य गर्न थालिसकेका छन्। यसबीचमा कोरोना महामारी नियन्त्रणमा काम गर्नुपर्ने समयमा सरकारले स्वास्थ्यमन्त्री समेत टान्न नसकेको विषयमा पनि आलोचना भइरहेको छ।

.सरकारको नेतृत्व लिएको दोस्रो साता स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेका देउवा आफ्नो सोही निर्णयका कारण पनि आलोचित छन्। यिनै परिवेशमा सरकार र सत्ता गठबन्धनमाथि थप प्रश्न उठ्न नदिनका लागि प्रचण्डले आफ्नो सक्रियता बढाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved