१९ वर्षअघि आजकै दिन म्यान चेस्टरबाट डेब्यु गरेका रोनाल्डो यतिबेला चरम संकटमा

नेपालभ्युज

१९ वर्षअघि आजकै दिन म्यान चेस्टरबाट डेब्यु गरेका रोनाल्डो यतिबेला चरम संकटमा

लन्डन । क्रिस्टियानो रोनाल्डो यतिबेला चरम संकटमा छन् । उनी आबद्ध म्यानचेस्टर युनाइटेडले नयाँ सिजनमा खराब सुरुवात गरिरहेको छ ।

म्यान युनाइटेडले यो सिजन घरेलु लिगमा सुरुका दुई खेल हारेको छ, तुलानात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीहरूसँग । करियरको अन्तिम समयतिर आइपुगेका  रोनाल्डो आफूले पनि गोल गर्न सकेका छैनन् । गत सिजनमा पनि कमजोर प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा समेत छनोट हुन सकेको थिएन ।

रोनाल्डो १८ वर्षपछि आफ्नो पुरानो क्लब फर्किँदा म्यान युनाइटेडले राम्रोसँग स्वागत गर्न सकिरहेको छैन । त्यसैले, पहिलो सिजनपछि नै रोनाल्डोले म्यान युनाइटेड छाड्ने आशय व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved