एमालेमा ओलीलाई मदन भण्डारी बनाउने प्रयास जारी छ : प्रचण्ड

प्रचण्डले भने, ‘‘केपी ओलीलाई मदन भण्डारी बनाउने प्रयास भइरहेको देखिन्छ। पद र प्रतिष्ठाको लागि काम गर्ने गरेका छन्। त्यही स्वार्थका लागि मिल्ने गरेका छन्।’’

नेपालभ्युज

एमालेमा ओलीलाई मदन भण्डारी बनाउने प्रयास जारी छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताएका छन्। मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइका कारण सरकार र गठबन्धन दलहरुको आलोचना भइरहेका बेला प्रचण्डले आज पार्टी कार्यालय पेरिसडाँडामा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

प्रचण्डले मन्त्रालय भागबण्डाको विषयलाई पनि सल्टाउने गरी छलफल भइरहेको उल्लेख गरे। लोकतान्त्रिक संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको लागि गठबन्धन बनेको उल्लेख गर्दै प्रचण्डले अहिले पनि परिवर्तनका एजेण्डाहरुलाई उल्टाउने प्रयास भइरहेको बताए।

‘‘परिवर्तनका मुद्दाहरु उल्टाउने प्रयासअनुसार देशभित्रका मात्र हैन विश्वभरका प्रतिक्रियावादीहरु एक भए र कम्युनिष्ट आन्दोलन भित्रको एउटा विरोधीलाई साथ दिए’’, उनले भने, ‘‘अहिले पनि तिनै शक्ति परिवर्तनका एजेण्डा उल्टाउने प्रयास गरिरहेको देखिन्छ।’’

एमालेप्रति कडा रुपमा प्रस्तुत भएका प्रचण्डले एमालेमा विचार र सिद्धान्त केही नभएको टिप्पणी गरे। ‘‘एमालेमा विचारमा बहस भन्ने छैन’’, उनले भने ‘‘केपी ओलीलाई मदन भण्डारी बनाउने प्रयास भइरहेको देखिन्छ। पद र प्रतिष्ठाको लागि काम गर्ने गरेका छन्। त्यही स्वार्थका लागि मिल्ने गरेका छन्।’’

एमालेमा रहेका दोस्रो तहका नेताहरुले नेकपा हुँदा आफूहरुलाई झुक्याएको पनि प्रचण्डले बताए। उनले हालै सम्पन्न एमालेको विधान महाधिवेशनलाई कुम्भ भेलाको रुपमा टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved