काठमाडौं । युवा कवि केशव सिलवालको नयाँ कविताकृति ‘चिबेचरा’ आज सार्वजनिक भएको छ । ‘उन्मुक्त पुस्ता’द्वारा आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन्।
वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन रहेको बताए। कार्यक्रममा मुक्तान थेवे, छम गुरुङ, सङ्गीता उराव, केवल बिनाबीले कृतिभित्रका कविता वाचन गरेका थिए।
प्रगतिवादी खेमाका सशक्त कवि सिलवालको यसअघि ‘वर्जित अवशेष’, ‘धारिला मान्छेहरू’ कविता सङ्ग्रह प्रकाशन भइसकेको छ। त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक सिलवाल अखिल नेपाल लेखक संघ, प्रगतिशील लेखक संघ, नागार्जुन साहित्यिक प्रतिष्ठानलगायत संस्थामा पनि आबद्ध छन्।
Facebook Comment
Comment