सूर्यमा ग्रहण लागेको छ, चिन्हको धाक लगाएर हिँड्नुपर्दैन: माधव नेपाल

“अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गइरहेका छौँ। यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन्। भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।”

नेपालभ्युज

सूर्यमा ग्रहण लागेको छ, चिन्हको धाक लगाएर हिँड्नुपर्दैन: माधव नेपाल
फाइल तस्वीर

जनकपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताए।

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दाबी समेत गरे।

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही १५ मंसिरदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरे।

नेपालले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको बताए। त्यसैका कारण आफ्नो पार्टीको भविष्य रहेको उनको भनाइ छ।

“अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ”, नेपालले भने, “अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गइरहेका छौँ। यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन्। भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।”

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राखे। मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved