परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल

नेपालभ्युज

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल

काठमाडौं। नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा एकनाथ ढकाललाई पुनः निर्वाचित गरेको छ। शनिबार शुरु महाधिवेशन ढकालको नेतृत्वमा १०१ सदस्यीय कार्यसमिति चयन गर्दै आइतबार सकिएको हो।

वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा मिलनकुमारी राजवंशी,रूपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुलकैयुम शाह र अशोककुमार चौधरी निर्वाचित भएका छन्।

कोषाध्यक्षमा गोविन्द नाथ मिश्र, सहकोषाध्यक्षमा बुद्धिमाया पुन मगर निर्वाचित भएका छन्। महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग गठनलगायतका विषय पारित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved