एम्बापेको कप्तानीमा फ्रान्सको शानदार सुरुवात

नेपालभ्युज

एम्बापेको कप्तानीमा फ्रान्सको शानदार सुरुवात

काठमाडौं । केलियन एम्बाप्पेको कप्तानीमा फ्रान्सले फुटबलमा पहिलो जित हात पारेको छ । युरोकप छनोटमा शुक्रबार राति फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा कप्तान एम्बाप्पेले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक-एक गोल गरे । दोस्रो मिनेटमा ग्रीजम्यानले गोल गरे टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

आठौं मिनेटमा डायोटले गोल गरे । २१ र ८८ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि फ्रान्स ४-० ले विजयी भयो । समूह बी मा रहेको फ्रान्सले छनोटमा ३ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved