शिवम् सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

नेपालभ्युज

शिवम् सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंगलबार भर्चुअल रूपमा साधारणसभा सम्पन्न भएको हो। सभामा कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयल सभापति थिए।

साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गरेको छ।

साधारणसभामा अध्यक्ष गोयलले गरेको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितका संलग्न विवरणहरू, चालु आर्थिक वर्ष २०७८–०७९ को आय व्ययको लेखा परीक्षण गर्न सुबोध एशोसियट्स चार्टर एकाउन्टेन्ट, काठमाडौँलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ।

साधारणसभाले सर्वसाधारण शेयरधनीको बैंक खातामा शेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटिडेडमार्फत डिम्याट एकाउन्टमा अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको शिवम् सिमेन्ट्स लिमिटेडका निम्ति प्रवक्ता तथा कम्पनी सचिव लेखनाथ अर्यालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved