भूकम्प प्रभावित क्षेत्र डोटीको दृश्य (फोटो फिचर)

नेपालभ्युज

भूकम्प प्रभावित क्षेत्र डोटीको दृश्य (फोटो फिचर)

काठमाडौं। गएराति डोटी खप्तड केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

२ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका- ३ गैरागाउमा ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन्। अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भूकम्प प्रभावति क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन्। घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ।

स्थानीयका अनुसार पुराना कच्ची घरहरू भत्किएका छन्। राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए। भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved