सन्दीपविरुद्धको मुद्दामा आज आउला त थुनछेक आदेश?

नेपालभ्युज

सन्दीपविरुद्धको मुद्दामा आज आउला त थुनछेक आदेश?
फाइल फोटो

काठमाडौं। किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ।

उक्त मुद्दामा बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो। प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ जना अधिवक्ताले बहस गरेका थिए।

सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा बिहीबार पनि अन्य सबै पेशी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो। बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए।

थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालतले बताएको छ। बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन्। प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन्।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

जाहेरी परेको समयमा सन्दीप क्रिकेट खेल्ने विदेश थिए। असोज २० गते नेपाल फर्किएका उनलाई प्रहरीले विमानस्थलबाटै गिरफ्तार गरेको थियो।

सम्बन्धित समाचार

सन्दीप लामिछानेविरुद्धको बहस सकिएन, शुक्रबारका लागि हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दामा आजै थुनछेक आदेश हुन सक्ने

सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

सन्दीपको आज थुनछेक बहस, कारागार जालान् की घर ?

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस भएन, बयान सकियो

सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

सन्दीपविरुद्ध किशोरीको बयान : आफू निदाएको बेला दुईपटक जबरजस्ती करणी गरे

सन्दीपविरुद्ध अदालतमा बलात्कार मुद्दा दर्ता, थुनछेक बहस आजैदेखि हुने

थुनछेक बहसपछि सन्दीप लामिछाने जेल जालान् कि धरौटीमा छुट्लान् ?

सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपविरुद्धको अनुसन्धान सकियो, प्रहरीले आजै प्रतिवेदन बुझाउने

सन्दीपलाई थप ४ दिन थुनामा राख्न अनुमति

सन्दीपलाई पुन: म्याद थपका लागि अदालत लगिँदै

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने प्रहरीको तयारी

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति

सन्दीपको दाबी : युवतीले भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको बताएकी थिइन्

सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सन्दीपविरुद्धको मुद्दा अघि बढ्ने यस्तो छ प्रक्रिया

सन्दीप लामिछाने विमानस्थलबाटै गिरफ्तार

सन्दीप लामिछाने काठमाडौं ओर्लिए, विमानस्थलबाट सिधै प्रहरी चौकीमा लगिँदै

सन्दीप लामिछाने कतार एअरवेजबाट विहान १० बजे त्रिभुवन विमानस्थल ओर्लने

सन्दीपले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

ममाथि गम्भीर षड्यन्त्र भयो, जतिसक्दो चाँडो फर्किएर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने

सन्दीपले भने – झुटो आरोप र चरित्र हत्याका समाचारले मानसिक रुपमा विक्षिप्त छु

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप?

सन्दीपको क्रिकेट ‘करिअर’ अब सकिएकै हो ?

सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्‍यो यस्ता प्रमाण

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved