सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने प्रहरीको तयारी

नेपालभ्युज

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने प्रहरीको तयारी
फाइल फोटो

काठमाडौं। बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लिन लागेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्न लागेको हो ।

२० असोजमा पक्राउ गरी लामिछानेलाई सार्वजनिक विदाका कारण देखाउँदै २४ असोजमा मात्र  अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रोपटक फेरि ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

तर, थपिएको म्याद पनि मंगलबार सकिन लागेपछि बुधबार अदालत हाजिर गराउने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनले भने, ‘अनुसन्धान अझै बाँकी भएकाले फेरि म्याद थप गर्न समय माग्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved