सन्दीपले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

१७ वर्षीया किशोरीले जाहेरी दर्ता गराएपछि विदेशमै बसेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै अक्टोबर ६ अर्थात असोज २० गते नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन्।

नेपालभ्युज

सन्दीपले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

काठमाडौं। किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन्।

१७ वर्षीया किशोरीले जाहेरी दर्ता गराएपछि विदेशमै बसेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै अक्टोबर ६ अर्थात असोज २० गते नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले लेखेका छन्,‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु।’

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास समेत व्यक्त गरेका छन्।  उनले आफूमाथिको षडयन्त्र समय सँगै पर्दाफास हुने दाबी पनि गरेका छन्।

क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ।

केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved