सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा
फाइल फोटो

काठमाडौं ।  बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । थुनछेक बहसको पहिलो दिन आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे ।

बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र अन्य तीन जना कानुन व्यवसायीले बहस गरेका छन् ।

जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए । जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उनले बताए । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत भइरहेको उनले बताए ।

थुनछेक बहस सकिएपछि सन्दीपलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने मध्ये एक आदेश हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved