सन्दीपको दाबी : युवतीले भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको बताएकी थिइन्

नेपालभ्युज

सन्दीपको दाबी : युवतीले भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको बताएकी थिइन्
फाइल फोटो

काठमाडौं। किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको आरोप लगाउने युवतीले आफूलाई १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन्।

लामिछानेले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले पत्रकारसमक्ष बताइन्।

अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको पनि दाबी गरिन्। उनका अनुसार प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद थप मागे पनि अदालतले पक्राउ परेको दिनदेखि सात दिन थुनामा राख्न अनुमति दिएको छ।

सन्दीपको अहिले सरकारी वकिलले बयान लिनेक्रम जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved