सन्दीपले भने – झुटो आरोप र चरित्र हत्याका समाचारले मानसिक रुपमा विक्षिप्त छु

नेपालभ्युज

सन्दीपले भने – झुटो आरोप र चरित्र हत्याका समाचारले मानसिक रुपमा विक्षिप्त छु
फाइल तश्वीर

काठमाडौं। बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले  आफू मानसिक तनावमा रहेका कारण स्वदेश फर्कन नसकेको बताएका छन्। साथै ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले आफ्नो नाउँमा वारेन्ट जारी भएको समाचार र आफूविरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मानसिक रुपमा विक्षिप्त बनाएको बताएका हुन्।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको भन्दै उनले गुनासो गरेका छन्।

भक्तपुरमा घुमाउन लगेर मध्यरात काठमाडौँस्थित एक होटेलमा उनले पटक पटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो। त्यसपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गर्दै नेपाल आउन लागेको बताएका थिए।
तर हालसम्म सम्पर्कविहीन छन्। उनी नफर्किएपछि प्रहरी अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरजस्ती गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको छ ।
नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ। राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन्।

सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved