सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

नेपालभ्युज

सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
फाइल फोटो

काठमाडौं। बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइने भएको छ । २० गते विहीबार विमानस्थलबाटै पक्राउ परेका लामिछानेलाई गौशला प्रहरी वृतमा राखिएको छ । उनलाई सोमबार जिल्ला अदालतव काठमाडौंमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थपको अनुमति लिइने प्रहरीले जनाएको छ।

दसैँ विदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेको चार दिनपछि मात्रै प्रहरीले सन्दीपलाई अदालतमा उपस्थित गराउन लागेको हो । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved