सन्दीपलाई पुन: म्याद थपका लागि अदालत लगिँदै

नेपालभ्युज

सन्दीपलाई पुन: म्याद थपका लागि अदालत लगिँदै
फाइल फोटो

काठमाडौं। किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ।

म्याद थपका लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले बताए।

अनुसन्धान बाँकी नै रहेकाले म्याद थपका लागि आजै अदालत लगिने तयारी रहेको उनले जानकारी दिए। असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि यसअघि असोज २४ र २७ गते  लागि म्याद थप गरिएको थियो।

पछिल्लो पटक अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। क्रिकेट खेल्ने क्रममा विदेशमा रहेकाबेला उनीमाथि १७ वर्षीया भनिएकी एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved