सन्दीपको क्रिकेट ‘करिअर’ अब सकिएकै हो ?

उनलाई आफू निर्दोष छु भन्ने लागेको भए जतिसक्दो छिटो नेपाल फर्केर सामना गर्नु नै उपयुक्त हुने थियो । तर त्यसो नगरेकाले अनेक आशंका उब्जिएको छ । 

नेपालभ्युज

सन्दीपको क्रिकेट ‘करिअर’ अब सकिएकै हो ?

काठमाडौं। कहाँ छन् सन्दीप लामिछाने ? किन सम्पर्कविहीन भए ? के होला उनको आगामी खेल जीवन । नेपाली क्रिकेट समर्थकमा निकै नै चर्चाको विषय बनेको छ ।

भदौ २२ मा नेपाली पूर्व कप्तान सन्दीपमाथि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी पर्‍यो । त्यसपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पुर्जी जारी भएसँगै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट पनि निलम्बित गरिएको थियो ।

 

उनले क्यारेबियन प्रिमियर लिग छाडेर नेपाल आउने र तथ्यहिन आरोपको सामना गर्ने भन्दै आफ्नो सामाजिक संजालमा पोस्ट गरेका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले पनि कालोसुचीमा राख्यो ।

क्यानसँग पनि सम्पर्कविहीन हुनु अगाडि सन्दीपले दक्ष वकिलको जोह गर्न गहार लगाएका थिए । तर, नेपाल आउन टिकट काटेका सन्दीप टिकट रद्द गरेर हराए । अहिले उनको अत्तोपत्तो छैन । पुलिसले उनलाई पक्राउ गर्न इन्टरपोलको नोटिस जारी गर्ने तयारी गरेको खबर आइरहेको छ ।

कतिले सन्दीप दुबईमा भएको, कतिले सिंगापुरमा भएको भन्दै आइरहेका छन् । कतिले भारतको काकडभिट्टा हुँदै नेपाल आउने योजनामा रहेको पनि आकलन गरिरहेका छन् ।

तर, यस्तो परिस्थितिमा सन्दीप मौन छन् । कहाँ छन्, कुनै जानकारी छैन ।

सन्दीपको खेल जीवनमा अब के हुन्छ ?

सन्दीपमाथि लगाइएको आरोप लगत्तै उनको खेल जीवनमा पुग्न सक्ने असरको झलक देखिइसकेको छ । सन्दीपलाई क्यानले निलम्बन गरिसकेको छ ।

सीपिएलमा सहभागी हुन जमैका पुगेका सन्दीपले मैदान प्रवेश नै नगरी प्रतियोगिता छाड्न परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पनि यो घटनाको निगरानी गरिरहेको छ ।

नेपाललाई क्रिकेटमार्फत विश्वमै चिनाउने सन्दीपको व्यवसायिक जीवन भने अब धरापमा परेको छ । सन्दीप नेपाल फर्किए तत्कालै हिरासतमा जानेछन् । लुकेर बसे पनि उनले कुनै प्रतियोगिता खेल्न सम्भव छैन ।

नेपालमा  उनीमाथि लागेको आरोप तत्कालै छिनोफानो हुनेछैन । अदालतमा उनीविरुद्धको मुद्दा वर्षौ चल्न सक्छ । त्यो बेलासम्म सन्दीप जेलमै बस्नुपर्ने हुन सक्छ ।

फैसला आउने बेलासम्म सन्दीपको क्रिकेट करिअर धेरै पछि परिसकेको हुनेछ । उनी निर्दोष नै सावित भएपनि फेरि क्रिकेटमा अहिलेको जस्तो उचाइ हासिल गर्न लगभग असम्भव हुनेछ ।

उनी लुकेर बस्दा त झन कतैबाट पनि खेल्ने सम्भावना हुनेछैन । विश्व क्रिकेटको इतिहासमा यस्तो आरोप लाग्ने खेलाडी नभएका होइनन् । तर देश अनुसार फरक-फरक कानून हुने भएकाले कतिपयले पुनरागमन पनि गरेका छन् ।

तर नेपालमा भने जबरजस्ती करणीको आरोप लागेपछि अदालती प्रक्रिया नै निकै लामो हुन्छ । यस्तोमा सन्दीप दोषी ठहर भए लामो समय जेलमै बस्नुपर्ने हुन्छ ।

यदी उनी निर्दोष नै भए पनि मुद्दाकै छिनोफानो हुन लामो समय लाग्नेछ । त्यसैले सन्दीपको क्रिकेट करिअर लगभग समाप्त हुने चरणमा पुगेको छ ।

उनी दोषी भए त लामो समय जेल बस्नै पर्नेछ । तर निर्दोष सावित भए भने क्रिकेट करिअर भने फर्काउन मिल्नेछैन ।

उनलाई आफू निर्दोष छु भन्ने लागेको भए जतिसक्दो छिटो नेपाल फर्केर सामना गर्नु नै उपयुक्त हुने थियो । तर त्यसो नगरेकाले अनेक आशंका उब्जिएको छ ।

यसले अदालती प्रक्रिया पनि लामो हुँदै जाने निश्चित छ । प्रक्रिया जति लामो भयो उनको उमेर ढल्कदै जानेछ । उनको क्षमता कम हुँदै जानेछ । यसरी हेर्दा सन्दीपको क्रिकेट करिअर अब समाप्त भएको मान्न सकिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved