के आमाबुबा बन्न लागेका हुन् कट्रिना र विक्की ?

नेपालभ्युज

के आमाबुबा बन्न लागेका हुन् कट्रिना र विक्की ?

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ गर्भवती भएको चर्चा छ ।

हालै बेलायतको लन्डनबाट कट्रिनाको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी पति विक्की कौशल उनको हात समातेर हिँडेको देखिन्छ ।

यस भिडियोमा कट्रिना लामो लुगा लगाएर बिस्तारै हिँडिरहेको देखिन्छ । यस्तो अवस्थामा यी अभिनेत्री चाँडै आमा बन्न लागेकी हुन् भन्ने चर्चा सामाजिक सञ्जालका प्रयोगकर्तामा सुरू भएको छ ।

भिडियो हेरेर धेरै प्रयोगकर्ताले कट्रिना गर्भवती भएको अनुमान लगाएका छन् ।

जुमको रिपोर्ट अनुसार क्याट्रिना बेलायतमा हुर्केकी हुन् र लन्डनको ह्याम्पस्टेडमा उनको घर पनि छ । यस्तो अवस्थामा अर्की अभिनेत्री अनुष्का शर्माले जस्तै उनले पनि आफ्नो बच्चालाई लन्डनमै जन्माउन सक्छिन् ।

विक्की पनि आजकल त्यँही छन्।

कैटरीना र विक्कीले राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस रिसोर्टमा सन् २०२१ डिसेम्बर ९ मा परम्परागत हिन्दू परम्परामा विवाह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved