कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

नेपालभ्युज

कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको जानकारी दिएका हुन् ।

यसअघि निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरूङले फागुन २१ गते रिट दायर गरेका थिए।

विशेष अदालतले २०७९ फागुन १६ गते गुरूङसहित ९ जनालाई काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो। उनलाई जरिवाना तोकिएको भए पनि कैद सजाय भएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved