नेपाल र कतारबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालभ्युज

नेपाल र कतारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा दुई देशबीच सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् ।

दुई देशबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

साथै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved