कतारी राजालाई छाड्न राष्ट्रपति पौडेल विमानस्थल नै जाने

नेपालभ्युज

कतारी राजालाई छाड्न राष्ट्रपति पौडेल विमानस्थल नै जाने

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् ।

कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पौडेलले राजा थानीलाई बिदाइ गर्नेछन् ।

यसअघि हिजो पनि अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थलनै पुगेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved