विनाशकारी भूकम्पको ९ वर्ष पुरा, ९२ हजार परिवारका घर अझै बनेन्

नेपालभ्युज

विनाशकारी भूकम्पको ९ वर्ष पुरा, ९२ हजार परिवारका घर अझै बनेन्

काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।

महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ  । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो ।

२२ हजार भन्दा घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।

महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाको वडा नम्वर १ मा रहेको हिमालय माविको खेलमैदानमा दिउँसो १२ बजे श्रद्धाञ्जली सभा राखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved