उपनिर्वाचनमा प्रचारप्रसारको अवधि सकिँदै, भोलिदेखि मौन अवधि

नेपालभ्युज

उपनिर्वाचनमा प्रचारप्रसारको अवधि सकिँदै, भोलिदेखि मौन अवधि
फाइल फोटो

काठमाडौं । उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समयसिमा छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved