क्याबिनेट बैठक बस्दै, यस्ता छन् छलफलका सूची

नेपालभ्युज

क्याबिनेट बैठक बस्दै, यस्ता छन् छलफलका सूची

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बैठक बिहान १० बजे सिंहदरवारमा बस्नेछ ।

आजको बैठकमा भोलिदेखि हुन लागेको कतारका राजा मोहमद तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने एक मन्त्रीले बताए ।

त्यस्तै आजको बैठकमा केही नियुक्ति र बढुवाको एजेण्डा पनि राखिएको बताइएको छ ।

आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यताका बीच सरकारले बजेट अधिवेशन आव्हानका लागि सिफारिस गर्ने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved